प्रचण्ड-बाबुरामविरुद्धको मुद्दा न्यायाधीश सपना मल्लको इजलास

हिमाल प्रेस ३० जेठ २०८० १२:३१ | Tuesday, June 13, 2023
प्रचण्ड-बाबुरामविरुद्धको मुद्दा न्यायाधीश सपना मल्लको इजलास

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईविरुद्ध परेको मुद्दा न्यायाधीश सपना प्रधानको इजलासमा परेको छ।

द्वन्द्वकालमा बालसेना प्रयोगको सन्दर्भमा लेनिन बिष्टलगायतले दर्ता गराएको मुद्दाको मंगलबार सुनुवाइ हुन लागेको हो।

माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ।

द्वन्द्वकालीन घटनासँग जोडिएर प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएको यो दोस्रो रिट हो। यसअघि द्वन्द्वकालमा मारिकामध्ये ५ हजारको जिम्मा आफूले लिने भनेको सन्दर्भमा कारबाहीको माग गर्दै प्रचण्डविरुद्ध दायर भएको रिट सर्वोच्चमा विचाराधीन छ। उक्त रिटमा लिखित जवाफ मागिएको छ।

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज

प्रचण्डविरुद्ध ‘युद्ध अपराध’ सम्बन्धी मुद्दा कसरी अघि बढ्ला?

 

प्रकाशित: ३० जेठ २०८० १२:३१ | Tuesday, June 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast