जिम्मा पाएका एयरलाइन्सले गरेनन् ढुवानी, हुम्लामा खाद्यान्न अभाव

हिमाल प्रेस २५ जेठ २०८० १६:०४
20
SHARES
जिम्मा पाएका एयरलाइन्सले गरेनन् ढुवानी, हुम्लामा खाद्यान्न अभाव हुम्लाको लिमी गाउँ

हुम्ला– हिमाली जिल्ला हुम्लामा खाद्यान्नको अभाव देखिएको छ। नेपालगञ्ज र सुर्खेतबाट हुम्लामा खाद्यान्न ढुवानीको जिम्मा लिएका दुई एयरलाइन्स कम्पनीले तोकिएअनुसारको परिमाण ढुवानी नगर्दा खाद्यान्न अभाव भएको हो। नेपालगञ्जबाट हुम्ला खाद्यान्न ढुवानी गर्ने जिम्मा तारा एयरले लिएको छ भने सुर्खेतबाट समिट एयरले। दुवै एयरलाइन्सले समयमा ढुवानी नगरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखा प्रमुख कृष्ण अधिकारीले जानकारी दिए।

उनका अनुसार चालुु आवमा नेपालगञ्जबाट चार हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा तारा एयरले अहिलेसम्म तीन सय क्विन्टल मात्रै ढुवानी गरेको छ। सुर्खेतबाट ढुवानीको जिम्मा लिएको समिट एयरले त तीन सय क्विन्टल पनि ढुवानी गरेको छैन। समिटले ६ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने सम्झौता छ।

खाद्य कम्पनीले दुुवै एयरलाइन्सलाई जिम्माको खाद्यान्न तत्काल ढुवानी गर्न ताकेता गर्दा पनि अटेरी गरेको अधिकारीले बताए। नेपालगञ्जबाट प्रतिकेजी १६० र सुर्खेतबाट प्रतिकेजी १०५ रुपैयाँमा ढुवानी गर्ने सम्झौता भएको थियो। अधिकारीले सिमकोटको गोदाममा तीन सय क्विन्टल खाद्यान्न मात्र मौज्दात रहेको बताए। खाद्यान्न मौज्दात नभएका कारण एक महिनादेखि सर्वसाधारणका लागि खाद्यान्न बिक्री गरिएको छैन।

एक पटक खाद्यान्न बिक्री खुला गर्दा तीन हजार क्विन्टल खाद्यान्न आवश्यक पर्ने उनको भनाइ छ। रासस

प्रकाशित: २५ जेठ २०८० १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast