काठमाडौँ- मुक्तिनाथ फाउन्डेशनले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण गरेको छ। फाउन्डेशनले टोखा नगरपालिका–१ म निर्माणाधीन शान्ति पार्कलगायत क्षेत्रमा वृक्षरोपण गरेको हो। शान्ति पार्कमा एभोकाडो रोपेको फाउन्डेशनले जानकारी दिएको छ।
नगरपालिका र फाउन्डेशनको संयुक्त आयोजनामा भएको कार्यक्रममा मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ क्यापिटल र रोयल बहुउद्देशीय सहकारी संस्थाको सहयोग रहेको थियो।
कार्यक्रममा टोखा नगरपालिकाको मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा नं १ का वडा अध्यक्षलगायत जनप्रतिनिधि तथा कर्मचारीको उपस्थिति थियो। त्यस्तै मुक्तिनाथ फाउन्डेशनका अध्यक्ष भरतराज ढकाल, फाउन्डेशनका सञ्चालक, मुक्तिनाथ समूह र रोयल सहकारीका अध्यक्ष, सञ्चालन, प्रमुख कार्यकारी अधिकृतलगायतको सहभागितामा वातावरण दिवस मनाइएको फाउन्डेशनले बताएको छ।