काठमाडौँ- वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वातावरणलाई मैत्रीपूर्ण बनाउन आफैँबाट सुधार गर्नुपर्ने बताएका छन्।
सोमबार विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै उनले प्रदूषणलाई कम गरी मैत्रीपूर्ण वातावरण बनाउन आफूबाट नै सुधारका काम थाल्न जरुरी रहेको बताएका हुन्।
‘हामीले आफ्नो जन्मदिनमा एउटा मात्रै बिरुवा रोप्ने हो भने देश हरियाली नै हरियालीले भरिन्छ,’ उनले भने, ‘हामी ठूला भाषण गर्छौं तर यहाँबाट निस्किनेबित्तिकै चिल्लो गाडी चढ्छौँ, प्लास्टिक बाहिर फाल्छौँ। पुथ्वीलाई बचाऔँ, आफैँबाट सुरुवात गरौँ।’
उनले सबै नेपाली नागरिकहरूले फोहोर गर्दिनँ भन्ने प्रण गर्न आवश्यक रहेको पनि बताए।
प्रकाशित: २२ जेठ २०८० ११:४० | Monday, June 5, 2023
प्रतिक्रिया




