देशभर क्षेत्रीको संख्या १६.४५ प्रतिशत

हिमाल प्रेस १९ जेठ २०८० २१:०६
52
SHARES
देशभर क्षेत्रीको संख्या १६.४५ प्रतिशत

काठमाडौँ– नेपालमा सबैभन्दा धेरै जनसंख्या क्षेत्री समुदायको रहेको विवरण सार्वजनिक भएको छ। केन्द्रीय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार क्षेत्री समुदायको संख्या १६.४५ प्रतिशत रहेको छ।

पहाडी ब्राहमणको संख्या ११.२९ प्रतिशत छ भने तराईका ब्राहमण समुदायको संख्या ०.७५ प्रतिशत छ। संख्याका आधारमा तेस्रो नम्बरमा मगर समुदाय छ। यो समुदायको संख्या कुल जनसंख्याको ६.९ प्रतिशत छ। थारु समुदायको ६.२ प्रतिशत, तामाङको ५.६२, विश्वकर्माको ५.०४ प्रतिशत रहेको नतिजा सार्वजनिक भएको छ।

त्यसैगरी मुसलमानको संख्या ४.८६ प्रतिशत, नेवाः अर्थात नेवारको संख्या ४.६ प्रतिशत, यादवको ४.२१, राईको २.२ प्रतिशत जनसंख्या छ।

परियारको संख्या १.९४ प्रतिशत, गुरुङको १.८६, ठकुरीको १.७, मिजारको १.५५, तेलीको १.४८, याक्थुङ लिम्बूको १.४२ प्रतिशत रहेको जनगणनाको विवरणमा उल्लेख छ।

चमार, हरिजन र रामको संख्या १.३५, कोइरी र कुसुवाहाको संख्या १.२२ प्रतिशत, कुर्मीको ०.९५, मुसहरको ०.९१, धानुकको ०.८६, दशनामीको संख्या ०.६८ प्रतिशत रहेको छ।
कलर, कोचे, राउटे, लोमी, कुसुन्डा, नुरुङलगायत ११ वटाको जातको संख्या एक हजारभन्दा कम रहेको तथ्यांक कार्यालयले जनाएको छ।

प्रकाशित: १९ जेठ २०८० २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast