अबको जीवन स्वदेशमै कार्यक्रम सञ्चालन गरिने

हिमाल प्रेस १५ जेठ २०८० १७:५९ | Monday, May 29, 2023
अबको जीवन स्वदेशमै कार्यक्रम सञ्चालन गरिने

काठमाडौँ– सरकारले वैदेशिक रोजगारबाट फर्किनेका लागि लक्षित गर्दै ‘अबको जीवन स्वदेशमै कार्यक्रम’लाई अघि बढाउने भएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त कुरा बताएका हुन्।

अर्थमन्त्री महतले ‘अबको जीवन स्वदेशमै’ भन्ने नाराका साथ वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई उधमशीलता विकास गर्ने र रोजगारी सिर्जना गर्ने बताए। उनले गरीबीको रेखा मुनि रहेका व्यक्तिहरुलाई लघु उधमीको रुपमा विकास गर्न स्थानीय तहमार्फत् सीप विकास गर्न तालिम प्रदान गरिने बताए।

प्रकाशित: १५ जेठ २०८० १७:५९ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast