गणतन्त्र दिवस : ४८२ कैदीबन्दीलाई राष्ट्रपतिले दिए आममाफी

हिमाल प्रेस १४ जेठ २०८० १८:३० | Sunday, May 28, 2023
गणतन्त्र दिवस : ४८२ कैदीबन्दीलाई राष्ट्रपतिले दिए आममाफी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले अदालतको फैसलाबाट दोषी ठहर भई जेल सजाय भोगी रहेकालाई आममाफी दिएका छन्। मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रिपति पौडेलले माफी दिएका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार जेठ १२ गतेको बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी ४८२ जना कैद सजाय बाँकी हुँदैमा माफी दिइएको हो। उनीहरूलाई नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित: १४ जेठ २०८० १८:३० | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast