निरु हत्याकाण्ड : अभियुक्त विनोदलाई थुनामा पठाउन आदेश

हिमाल प्रेस १२ जेठ २०८० २०:४० | Friday, May 26, 2023
निरु हत्याकाण्ड : अभियुक्त विनोदलाई थुनामा पठाउन आदेश

काठमाडौँ- वैशाख ७ गते काठमाडौंको कपनमा भएको निरु पाण्डे हत्याका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश चन्द्रप्रकाश तिवारीले शुक्रबार हत्या आरोपि विनोद विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन्।

विनोदविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आजिवन कैदको माग गर्दै बुधबार अभियोग दायर गरेको थियो। विनोदले हत्यापछि निरुको सिक्रि लुटेका थिए। त्यो सिक्रि लगेर उनले बालाजुको एक सुनचाँदी पसलमा विक्रि गरेका थिए।

उक्त सिक्रि किन्ने सुनचाँदी पसल सञ्चालक प्रदिप गदाइलीलाई भने धरौटीमा छा ड्न आदेश दिएको छ। घटनाको ९ दिनपछि प्रहरीले विनोदलाई झापाबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो। निरु आफ्नै भाँडा पसलमा रहेको अवस्थामा विनोदले ग्राहकको बहनामा पसेर हत्या गरेका थिए। उनले निरुको शरीरमा चक्कु प्रहार गरेर हत्या गरेका थिए। सुरुमा आफ्नो लुट्ने मात्रै योजना रहेपनि लुटपाटका क्रममा निरुले प्रतिकार गरेपछि हत्या गरेको बयान दिएका छन्।

विनोदले पसलमै रहेको छुरीले गरेका थिए निरुको हत्या

 

प्रकाशित: १२ जेठ २०८० २०:४० | Friday, May 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast