बझाङको दौलीचौर केन्द्रबिन्दु भएर भूकम्प

हिमाल प्रेस १० जेठ २०८० ७:०२ | Wednesday, May 24, 2023
बझाङको दौलीचौर केन्द्रबिन्दु भएर भूकम्प

बझाङ– सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर बुधबार बिहान ४ बजेर ६ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रबिन्दु भएर यही जेठ ७ गते बिहान ४ दशमलव १ रेक्टरको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

प्रकाशित: १० जेठ २०८० ७:०२ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast