ललितपुर महानगर प्रहरीको क्षमता अभिवृद्धिमा युएनडीपीले सघाउने

हिमाल प्रेस ९ जेठ २०८० २०:०६
6
SHARES
ललितपुर महानगर प्रहरीको क्षमता अभिवृद्धिमा युएनडीपीले सघाउने

ललितपुर- ललितपुर महानगरले विभिन्न पाँचवटा क्षेत्रलाई थप शसक्त बनाउन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)सँग सहकार्य गर्ने भएको छ। सहकार्यका लागि ललितपुर महानगर र युएनडीपीबीच सम्झौता गरिएको हो।

सम्झौतापत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र युएनडीपीकी आवासीय प्रतिनिधि आइस्यानी मेडाग्याङगोडा लाबेले हस्ताक्षर गरेका छन्।

महिला उद्यमशीलता प्रवर्द्धन गर्न, ५ वर्षे रणनीतिक योजना तयार गर्न, महानगरले सुरु गरेका र भविष्यमा गर्ने वातावरणमैत्री प्रयासहरूलाई प्रवर्द्धन गर्न, विद्युतीय सुशासन कायम गर्न, ललितपुर महानगरको जेसी रणनीतिक योजना तयार गर्न, महानगरका नगर प्रहरीको क्षमता अभिवृद्धि गर्न युएनडीपीले सघाउने सम्झौतामा उल्लेख छ।

विद्युतीय सुशाासनअन्तर्गत नक्सापास, जन्मदर्तालगायत विषयमा महानगरबाट पाउनुपर्ने सूचनालाई थप प्रभावकारी बनाउन ‘च्याट बट’मार्फत सूचना प्रवाह गरिने पनि सम्झौतामा उल्लेख छ।

ललितपुर महानगरका प्रमुख महर्जनले युएनडीपीसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले नगर प्रहरीले महत्त्वपूर्ण काम गरेको बताउँदै अब गर्ने तालिमबाट नगर प्रहरीको क्षमता थप बढ्ने बताए।

युएनडीपीकी आइस्यानी मेडाग्याङगोडा लाबेले ललितपुर महानगरसँग सहकार्य गर्न पाएकोमा खुसी लागेको बताइन्। महानगरसँगको सहकार्यमा गरिने कार्यक्रमले महिलाको व्यक्तित्व विकास हुने बताइन्। च्याट बटले नगरपालिकालाई उत्तरदायी बनाउने उनको भनाइ थियो।

कार्यक्रममा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, सूचना अधिकारी दे गुरागाइँ लगायतको उपस्थिति थियो।

प्रकाशित: ९ जेठ २०८० २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast