नक्कली भुटानी शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष मियाँ पक्राउ

हिमाल प्रेस ४ जेठ २०८० १५:२१ | Thursday, May 18, 2023
नक्कली भुटानी शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष मियाँ पक्राउ

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्। प्रहरीले उनलाई आज (बिहीबार) दिउँसो सिंहदरबारबाट पक्राउ गरेको हो।

नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग अध्यक्ष मियाँको संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार शरणार्थीका नाममा ठग्ने गिरोहलाई हज समितिको प्रयोगका लागि उपलब्ध गराएको गृह मन्त्रालयको गाडी अध्यक्ष मियाँले उपलब्ध गराएका थिए। भुटानी शरणार्थी प्रकरणमा उक्त समितिको गाडी प्रयोग भएको खुलासा भएको प्रहरीले जनाएको छ।

गृह मन्त्रालयको स्वामित्वमा रहेको बीएबी-१४०५ नम्बरको निशान पेट्रोल जिप प्रहरीले बरामद गरेको छ। पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरू सो गाडीमा जाने गरेको प्रहरीको दाबी छ।

चितवनको सौराहा र काठमाडौँको सुन्धारालगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरूले सो गाडी प्रयोग गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। इम्बोस्ड नम्बर बीएबी-१४०५ नम्बरको सो जिप गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिको नाममा रहेको पाइएको छ।

प्रकाशित: ४ जेठ २०८० १५:२१ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast