बंगालको खाडीमा शक्तिशाली ‘मोखा’ चक्रवात, नेपालमा कस्तो पर्ला प्रभाव?

हिमाल प्रेस ३१ वैशाख २०८० ६:५४
16
SHARES
बंगालको खाडीमा शक्तिशाली ‘मोखा’ चक्रवात, नेपालमा कस्तो पर्ला प्रभाव?

काठमाडौँ- बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवात अतिशक्तिशाली रूपमा परिणत भएको छ। चक्रवात शक्तिशाली भएसँगै नेपालमा पनि यसको असर कस्तो पर्ला भनेर चासो विषय बनेको छ। मौसमविद्हरू पनि चक्रवातको दिशा नियालिरहेका छन्।

अहिले सो चक्रवात  उत्तर-उत्तर-पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हालसम्म यसको प्रभाव नेपालमा उल्लेखनीय नपर्ने देखिएको छ। अप्रत्यक्ष प्रभाव भने पर्न सक्छ।

हाल नेपालमा स्थानीय वायुको सामान्य प्रभाव छ। गण्डकी तथा कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज (आइतबार) देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान

२०८० वैशाख ३१ गते (आइतबार)

दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

रातिː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश तथा गण्डकी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

२०८० जेठ १ गते (सोमबार)

दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

रातिː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।

२०८० जेठ २ गते (मंगलबार)

दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

रातिː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ३१ वैशाख २०८० ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast