रौतहट- नेपाल पत्रकार महासंघ रौतहटले स्थापना गरेको ‘मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०८०’ पत्रकार धर्मेन्द्र झालाई दिइने भएको छ। २५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार झालाई दिइने घोषणा पत्रकार महासंघ राैतहटले गरेको हो। चर्चित पत्रकार झा अहिले राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष छन्।
रौतहटबाट प्रसारण हुने रेडियो मधेश मसला १०६.४ मेगाहर्जका स्टेशन म्यानेजर तथा जनकपुर टुडे पत्रिकाका संवाददाता पत्रकार मनोजकुमार चौधरीको सम्झनामा पत्रकार महासंघ रौतहटले उक्त पुरस्कार स्थापना गरेको हो।
चौधरीको २०७८ वैशाख २८ गते कोरोना संक्रमणका कारण ४१ वर्षको उमेरमा मृत्यु भएको थियो। उक्त पुरस्कार आगामी जेठ २० गते प्रदान गरिने छ।
प्रकाशित: ३० वैशाख २०८० १९:५५ | Saturday, May 13, 2023
प्रतिक्रिया




