काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले चौबीसै घन्टा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सो जानकारी गराएका हुन्। उनका अनुसार एम्बुलेन्स आवश्यक पर्नेले १०२ मा कल गरी लिनसक्ने छन्।
‘काठमाडौँभरी २४ घन्टा नै १०२ मा कल गरेर फ्री एम्बुलेन्स सर्भिस लिनसक्नु हुन्छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘यो सुविधा प्रयोग गरेबापत कुलै शुल्क तिर्नुपर्ने छैन।’
प्रकाशित: ३० वैशाख २०८० १८:२९ | Saturday, May 13, 2023
प्रतिक्रिया





