दुई प्रदेशका पहाडी भूभागमा क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना

हिमाल प्रेस २८ वैशाख २०८० ७:१२
2
SHARE
दुई प्रदेशका पहाडी भूभागमा क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तैगरी, आज दिउँसो गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।

त्यस्तै, राति भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित: २८ वैशाख २०८० ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast