काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सम्पूर्ण उडानमा रोक लगाएको छ। शुक्रबार ९ एन एजेजेड कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेपछि प्राधिकरणले सिम्रिकका सबै उडानमा रोक लगाएको हो।
प्राधिकरणले सिम्रिकका सबै हेलिकप्टर परीक्षण नभएसम्मका लागि उडानमा रोक लगाएको जनाएको छ।
संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने घाइते चार जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।
प्रकाशित: २२ वैशाख २०८० २०:४६
प्रतिक्रिया