काठमाडौँ- नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन्। आज (मंगलबार) बिहान ललितपुरबाट उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।
यही आरोपमा यसअघि अन्य चार जनालाई पक्राउ गरिएको छ। उनीहरूको बयानका आधारमा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको एसपी रिजालले जानकारी दिए।
राईले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’को तत्कालीन सुरक्षा सल्लाहकार भएर काम गरेका थिए।
प्रकाशित: १९ वैशाख २०८० ११:०८
प्रतिक्रिया