काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले श्रमजीवीको कुरालाई सुन्दै नसुनेको आरोप लगाएका छन्।
आज राजधानीमा श्रमिक दिवसको अवसरमा बोल्दै सरकारले कुनै पनि कुरालाई गम्भीरताका साथ नसुनेको आरोप लगाए।
‘सरकारले कुनै पनि कुरा गम्भीरता साथ बुझेको छैन। देश डामाडोल हुँदा पनि चुप लागेको छ,’ ओलीले भने, ‘त्यही कारण मजदुर वर्ग एक भएर अघि बढ्नुपर्छ।’ उनले नेपाली मिडिया पनि पक्षपाती भएको आरोप लगाए।
‘किसान नेता अनसन बस्दा कोही बोल्दैनन्,’ उनले डा गोविन्द केसीप्रति लक्षित गर्दै भने,‘प्रोफेसर बस्दा भने सञ्चारमाध्यम रंगीन हुन्छन्।’
उनले मजदूरको हित गर्ने प्रणाली समाजवादी प्रणाली मात्र भएको दाबी गरे।
प्रकाशित: १८ वैशाख २०८० १४:०१ | Monday, May 1, 2023
प्रतिक्रिया



