मित्रराष्ट्रलाई पेट्रोलियम आपूर्ति दिने आदेशमा रुसी राष्ट्रपति पुटिनको हस्ताक्षर

हिमाल प्रेस १६ वैशाख २०८० २१:४१ | Saturday, April 29, 2023
मित्रराष्ट्रलाई पेट्रोलियम आपूर्ति दिने आदेशमा रुसी राष्ट्रपति पुटिनको हस्ताक्षर

भ्लादिभोस्तक- फेब्रुअरी १ भन्दा अघि भएका सम्झौताअन्तर्गत मित्रराष्ट्रहरूलाई पेट्रोल तथा पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति गर्न अनुमति दिने आदेश पत्रमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेका छन्।

शुक्रबारदेखि लागू हुने उक्त आदेशपत्रमा पुटिनले गत वर्षको अन्त्यमा आफैले हस्ताक्षर गरेको सम्झौतामा सामान्य संशोधन गरी पश्चिमा राष्ट्रहरूले तोकेको मूल्य सीमा लागू गर्ने मुलकका लागि आपूर्ति रोक्न भनिएको छ।

यसअघि सन् २०२२ डिसेम्बरमा यूरोपेली संघ (ईयू) ले रुसी तेल उत्पादनको आपूर्तिमा प्रतिबन्ध लगाएको थियो। सन् २०२२ को डिसेम्बरमा ईयूले रुसी समुद्री कच्चा तेलको मूल्य प्रतिब्यारेल ६० अमेरिकी डलर तोकेको थियो।

प्रतिबन्धमा ‘ग्रूप अफ सेभेन (जी–७) राष्ट्र र अष्ट्रेलिया सहभागी भएका थिए। रासस/सिन्ह्वा

प्रकाशित: १६ वैशाख २०८० २१:४१ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast