कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिँदै

हिमाल प्रेस १५ वैशाख २०८० १०:२४ | Friday, April 28, 2023
कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिँदै

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार तेस्रो पटक विश्वासको मत लिँदै छन्।

दिउँसो ३ बजे बस्ने कर्णाली प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। उनलाई नेपाली कांग्रेसले विश्वासको मत दिनेछ भने नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको रूपमा सदनमा उपस्थिति जनाउने छ।

प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादीले अब नयाँ गठबन्धनको साझेदार दल नेपाली कांग्रेसँग मिलेर सरकार चलाउनेछ।

मन्त्रिपरिषद् विस्तारका विषयमा नेपाली कांग्रेससँग छलफल भइरहेको मुख्यमन्त्री शर्माले बताएका छन्।

शर्मा पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रकाशित: १५ वैशाख २०८० १०:२४ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast