नेपालगन्जबाट पाँच किलो सुनसहित दुई जना पक्राउ

हिमाल प्रेस ७ वैशाख २०८० १३:३४ | Thursday, April 20, 2023
नेपालगन्जबाट पाँच किलो सुनसहित दुई जना पक्राउ

काठमाडौँ- नेपालगन्जबाट करिब पाँच किलो सुनका गरगहनासहित दुई जना पक्राउ परेका छन्। बुधबार राति न्युरोडको एक होटलबाट सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए।

पक्राउ परेकाहरूको साथबाट चार किलो ९ सय २७ ग्राम बरामद गरिएको छ। ‘बुधबार राति प्रहरीले न्युरोडबाट गरगहनासहित दुई जनालाई पक्राय गरेको छ,’ उनले भने, ‘पक्राउ परेकालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुझाउने तयारी छ।’

बाँके प्रहरीले घटनाबारे केहीबेरमा पत्रकार सम्मेलन गरेर पूर्ण जानकारी गराउने जनाएको छ।

प्रकाशित: ७ वैशाख २०८० १३:३४ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast