भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले भेटे एमाले अध्यक्ष ओली

हिमाल प्रेस ६ वैशाख २०८० ९:३४ | Wednesday, April 19, 2023
भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले भेटे एमाले अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।

मंगलबार धनगढीमा सम्पन्न मानसखण्ड सम्मेलनमा सहभागी हुन नेपाल आएका उनले मंगलबार एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्।

सुदूरपश्चिमबाट काठमाडौं आएलगत्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटघाट गरेका थिए।

सत्ता पक्षीय नेताहरूसँग भेटघाट गरेपछि उनी प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए।

उनले मंगलबार अन्तिम राजनीतिक भेटका रूपमा काठमाडौंमा पूर्वप्रधानमन्त्री ओलीसँग भेट भएको ट्विटरमार्फत जानकारी दिएका छन्।

प्रकाशित: ६ वैशाख २०८० ९:३४ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast