स्थानीय सरकार नै जनताको सारथी : मन्त्री सीता गुरुङ

हिमाल प्रेस ५ वैशाख २०८० १९:५२ | Tuesday, April 18, 2023
स्थानीय सरकार नै जनताको सारथी : मन्त्री सीता गुरुङ

लुम्बिनी- शहरी विकास मन्त्री सीता गुरुङले नागरिकको पहुँचमा स्थानीय सरकार भएकाले स्थानीय सरकारले जनताको सारथी बन्ने गरी काम गर्नुपर्ने बताएकी छिन्। स्थानीय तहले नागरिकको विश्वास जित्दै सर्वसाधारणको सिरानी बन्नुपर्ने उनको भनाइ थियो।

नगर विकास कोषद्वारा मंगलबार रुपन्देहीको मणिग्राममा आयोजित ‘नगरपालिका वित्त तथा क्षमता विकाससम्बन्धी’ लुम्बिनी प्रादेशिक कार्यशाला गोष्ठीको उद्घाटनमा उनले यस्तो बताएकी हुन्। ‘स्थानीय सरकारले जनताको विश्वास र भरोसा जित्नुपर्छ,’ मन्त्री गुरुङले भनिन्, ‘जनताको मन जित्ने गरी काम गर्ने स्थानीय सरकार नै अबको आवश्यकता हो।’

भौतिक विकाससँगै स्थानीय तहहरूले मानव संसाधनको विकासमा पनि ध्यान दिनुपर्ने उनले बताइन्। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनका लागि छिटो कार्यविधि बनाउन शहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराए।

सम्मेलन केन्द्र सञ्चालनका लागि उपमहानगरपालिका तयार भए पनि संघीय सरकारले कार्यविधि नबनाउँदा सम्मेलन केन्द्र अलपत्र परेको उनले बताए। लुम्बिनी प्रदेशका ३६ वटा नगरपालिकावाट सहभागिता रहेको कार्यशालामा मन्त्रालयका सचिव सुरेश आर्चाय, नगर विकास कोषका कार्यकारी अधिकृत कृष्ण सापकोटा लमही नगरपालिकाका मेयर जोगलाल चौधरीले नगरपालिकाहरुले एउटा भए पनि नगर विकासको ऋण तथा अनुदानको कार्यक्रम सञ्चालन गर्न सुझाव दिए।

२०४५ सालमा स्थापना भएको नगर विकास कोषले बसपार्क, व्यावसायिक भवन, नगरपालिका भवन, स्कुल भवन, मनोरञ्जनात्मक पार्क, फोहोरमैला व्यवस्थापन, ढल ब्यवस्थापन खानेपानीलगायत १२ सय आयोजनाहरूमा ९ अर्ब ६१ करोड ऋण तथा २ अर्ब २९ करोड अनुदान लगानी गरेको छ।

प्रकाशित: ५ वैशाख २०८० १९:५२ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast