आजको मौसम : प्रदूषण र डढेलो बढ्यो, सतर्कता अपनाउन अनुरोध

हिमाल प्रेस ५ वैशाख २०८० ७:०८ | Tuesday, April 18, 2023
आजको मौसम : प्रदूषण र डढेलो बढ्यो, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ- हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम समान्यतया सफा रहेको छ।

आज दिउँसो पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना छ। साथै उपत्यका लगायत देशका धेरै भूभागमा तुवाँलोको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। साथै नेपालमा वर्षाका गतिविधि कम भए संगै डढेलोका घटना बढेको कारणले उपत्यका लगायत देशका धेरै भूभागमा तुवाँलोको सम्भावना रहेको छ। यसबाट वायु प्रदूषणमा वृद्धि भइरहेको देखिन्छ।

मौसम विभागका अनुसार त्यसैले मेघगर्जनरचट्याङ्ग, हावाहुरी, डढेलो र प्रदूषणबाट हुन सक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रकाशित: ५ वैशाख २०८० ७:०८ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast