मिटरब्याजपीडितले मार्चपाससहित धर्ना दिने

हिमाल प्रेस २ वैशाख २०८० ८:४३
2
SHARE
मिटरब्याजपीडितले मार्चपाससहित धर्ना दिने फाइल तस्बिर।

काठमाडौँ- विभिन्न जिल्लाबाट काठमाडौँमा न्यायका लागि संघर्ष गरिरहेका मिटरब्याजपीडितले शनिबार पनि मार्चपाससहित धर्ना दिने भएका छन्।

मिटरब्याज तथा ठगीविरुद्ध किसान/मजदूर संघर्ष समिति नेपालको अगुवाइमा पीडितले शनिबार दिउँसो साढे १२ बजे शान्तिबाटिकामा मार्चपाससहित धर्ना दिन लागेको हो।

सरकारले आफूहरूको माग सम्बोधन गर्न नचाहेको भन्दै वार्ता भंग गरेर संघर्षमा उत्रिएकाले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, कीर्ते लिखत खारेज गर्नुपर्ने, हडपेको जमिन फिर्ता गराउनुपर्नेलगायतका माग राखेर काठमाडौँ केन्द्रित संघर्ष गरिरहेका छन्।

पटकपटक सरकारी टोलीसँग वार्ता गर्दा पनि समस्या समाधान हुन सकेको छैन। मिटरब्याजलाई कारबाही नभएसम्म घर नफर्किने अडान पीडित छन्।

प्रकाशित: २ वैशाख २०८० ८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast