काठमाडौँ- आजदेखि विक्रम संवत्को नयाँ दशक सुरु भएको छ। अर्थात २०८० सालको आज पहिलो दिन। राति १२ बजेदेखि नै नयाँ वर्ष प्रारम्भ भएको भन्दै विश्वभर छरिरहेका नेपाली समुदायले शुभकामना आदान प्रदान गरिरहेका छन्।
नेपालीहरू हरेक वर्ष यसैगरी हर्षोल्लासका साथ शुभकामना आदान प्रदानगर्ने गरे पनि यो नयाँ वर्ष ७० को दशक पार गरेर ८० को दशकमा प्रवेश ग रेको दिनको रुपमा रहेकाले खास विशेष छ।
नेपालीहरु ७०को दशकमा निकै असजिला परिवेशमा परे।
७० को दशक सुरु भएको एक वर्ष कटेलगत्तै महाभूकम्पको मारमा परेका थिए। त्यसको केही महिनापछि नेपालीले मुलुकमा नयाँ संविधान जारी गरेर संघीय व्यवस्थालाई एउटा आकार दिने काम गर्दै राजनीतिक परिदृष्यलाई नियाल्दै यहाँ सम्म पुगेका छन्।
यही परिवेशमा अडेर नेपालीहरु अव राजनीतिक खिचातानीमा भन्दा पनि विकासमा सक्रिय हुने भएका छन्।
संविधान जारी भएपछि भारतीय चरम नाकाबन्दी, त्यसपछि निर्वाचन, नयाँ सरकार बहुदलीय सरकारले पूरा कार्यकाल हाक्न नसकेर राजनीतिक तिकडम हुँदै पुन निर्वाचन र अहिले दिएको ताजा जनादेश पनि नेपाली नागरिकले एक दलको सरकार नभै मिलीजुली सरकारको परिकल्पना गरिदिए।
नयाँ पार्टी र पुरातन सोच राख्ने पार्टीलाई पनि अघि बढाएको अवस्था छ। यही परिवेशमा नयाँ वर्ष आरम्भसँगै विकासको थालनी र चरम आर्थीक मारको निरुपण होस भन्ने सबैको कामना रहेको छ।
सरकारले नयाँ वर्षको उपलक्ष्यमा सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा कायम नै राखेको छ। नयाँ वर्षमा सरकार एवं राष्ट्र प्रमुख र सरकार प्रमुखले मात्र नभएर सबै निकायका प्रमुखहरूले आम नागरिकको नाममा शुभकामना दिने गरेका हुन्छन्।
कतिपयले नयाँ वर्षमा नयाँ आरम्भ समेत गर्ने गरेका हुन्छन्। सफलताको शुभकामना दिनेदेखि भेटघाट र भोजनमा रमाउने समेत गरिन्छ ।
नयाँ वर्षमा विशेष गरि स्नान गरि देवि देवताको मन्दिर पुग्ने। दिन दु:खी देखिए केही सहयोग गर्ने घर सरसफाई गर्ने र घरमा पनि पूजा आजा गरेर मिठो परिकार खाने गरिन्छ । नयाँ वर्षमा खुसी भएमा वर्ष भरि नै सकारात्मक भाव आउने आम विश्वास छ।
मल्लकालमा नै विक्रमादित्यले चलाएको सम्वत् भएकाले नै यसलाई विक्रम संवत् भनिएको हो। यसलाई हामी मौलिक सम्वतका रूपमा विक्रम संवत् भन्छौ र नेपालीहरु यही क्यालेन्डरमा चल्छन्।
अन्य मुुलुकमा आफ्नो मौलिक संवत एउटा भए पनि अंग्रेजी संवत अर्थत इस्वी संवत् चलेका हुन्छन्। तर हामी भने यसमा नै चलेका छौ। यद्यपि इस्वी संवतलाई पुरै वेवास्ता गरेका हुँदैनौ।
यसलाई सबै भन्दा परानो संवतको रुपमा माने पनि यस भन्दा अघि शक सम्वत,मानदेव सम्वत, नेपाल सम्वत पनि रहको छ। नेपाल भित्रै फरक फरक संवत पनि चलेको छ। यतिबेला नेपाल संवत चलन चल्तिमा रहेको भए पनि अन्य संवत खासै चलेको देखिदैन। तर पनि विक्रम संवत मुलुकले मानेको संवत भएकाले यसको प्रचलन चल्दै आएको छ।
नयाँ वर्षको उपलक्षमा हाम्रा समग्र पाठक, विज्ञवापनदाता, शुभचिन्तक र आम नागरिक सबैमा मंगलमय शुभकामना। आगामी दशक नेपालीले गर्व गर्न लायक दशक बनोस्।