देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

हिमाल प्रेस १ वैशाख २०८० ६:४६
6
SHARES
देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ- स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भूभागको मौसम आंशिक बदली रहनेछ।

देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

आज राति देशभर आंशिक बदली रहने विभागले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्क हुन विभागको आग्रह छ।

प्रकाशित: १ वैशाख २०८० ६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast