उद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्षको मतगणना सुरु

हिमाल प्रेस ३० चैत २०७९ ८:२८ | Thursday, April 13, 2023
उद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्षको मतगणना सुरु

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना सुरु भएको छ ।

जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फका उपाध्यक्षहरुको मतगणना सकिएसँगै वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो ।

वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन्। महासंघको एसोसियट उपाध्यक्षमा रामचन्द्र संघई प्यानलकी ज्य‍ोत्सना श्रेष्ठ विजयी भएकी छन्।

यता जिल्ला, नगर उपाध्यक्षमा संघई प्यानलकै सुरकृष्ण वैद्य विजयी भएका थिए। वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन्।

प्रकाशित: ३० चैत २०७९ ८:२८ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast