गोरखाको बालुवा केन्द्रविन्दु भएर गयो ४.१ रेक्टरको भूकम्प

हिमाल प्रेस २८ चैत २०७९ १९:३७ | Tuesday, April 11, 2023
गोरखाको बालुवा केन्द्रविन्दु भएर गयो ४.१ रेक्टरको भूकम्प

काठमाडौँ- गोरखा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। आज (मंगलबार) साँझ ६:५० बजे गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीले हिमालप्रेसलाई जानकारी दिए।

गोरखासँगै लमजुङ, धादिङलगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो।

यसअघि चैत १८ गते दोलखाको सुरी केन्द्रविन्दु भएर पाँच दशमलव दुई र सोही दिन लमजुङको मालिङ केन्द्रविन्दु भएर तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको थियो। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

२०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ रेक्टरको भूकम्प गएको थियो। त्यसबेला ठूलो जनधनको क्षति भएको थियो।

प्रकाशित: २८ चैत २०७९ १९:३७ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast