शिक्षकको तलबभत्ता बढाउन गगन थापाको माग

हिमाल प्रेस २८ चैत २०७९ १५:३८ | Tuesday, April 11, 2023
शिक्षकको तलबभत्ता बढाउन गगन थापाको माग फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले शिक्षकहरूको तलब, भत्ता बढाउन माग गरेका छन्। सत्तारुढ दलको नेता थापाले शिक्षकहरूलाई खुसी बनाउन सकेमात्रै मुलुकको शैक्षिक क्षेत्रको विकास हुने बताएका हुन्।

थापाले सरकारले शिक्षकहरूको आवश्यकता पुरा हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाइ गर्न नहुने पनि बताए।

अब पारित हुने संघीय शिक्षा ऐनले अहिलेका समाधान गर्न सक्नुपर्ने उनको धारणा छ। ‘अबको ३/४ महिनाभित्र संघीय शिक्षा ऐन पारित गर्नु पर्नेछ। ऐन त पारित गर्ने र तर ठिक बनेन भने के गर्ने? यो ऐनले समस्या समाधान गर्नु पर्‍यो,’मंगलबार शिक्षक संघको महाधिवेशनमा बोल्दै उनले भने, ‘अब स्कुल मर्जर गरेर नगई हुँदैन। ठूल्ठूला विद्यालय चाहिन्छ। फण्डिङ त्यहीअनुसारको चाहिन्छ। शिक्षकलाई खुसी बनाउने गरी उनीहरूको तलब, मान सम्मानमा सरकार पुरै उदार भएर काम गर्नु पर्दछ। अनि मात्रै शिक्षकहरूको काममा पनि उदारताको अपेक्षा गर्न मिल्छ।’

त्यस्तै अहिलेको सरकारले यो पाँच वर्षको समयलाई परिणाम केन्द्रित गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: २८ चैत २०७९ १५:३८ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast