रात्रि बजारका लागि वीरगन्ज नाका चौबीसै घन्टा खुला हुने

हिमाल प्रेस २८ चैत २०७९ ८:१३ | Tuesday, April 11, 2023
रात्रि बजारका लागि वीरगन्ज नाका चौबीसै घन्टा खुला हुने वीरगन्ज नाका

पर्सा- वीरगन्ज-रक्सौलको मुख्य नाका तीन दिनका लागि चौबीसै घन्टा खुला हुने भएको छ।

नयाँ वर्षको उपलक्ष्यमा वीरगन्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको रात्रि बजारका सञ्चालनका लागि भारतबाट नेपाल प्रवेश गर्ने नाका तीन दिनसम्म चौबीसै घन्टा खुला गरिन लागिएको हो ।

राति १० बजेपछि बिहान ५ बजेसम्म बन्द गरिँदै आएकोमा चैत ३० देखि भने वैशाख २ गतेसम्म वीरगन्ज नाका २४ सै घण्टा खुल्ला गराउन लागिएको हो ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार भारतीय पर्यटकहरूलाई लक्षित गरी महानगरपालिकाले नयाँ वर्षमा अवसरमा आयोजना गर्न लागिएको रात्रिकालीन बजारका लागि वीरगन्ज नाका चौबीसै घन्टा खुला रहने छ ।

सो बारेमा जानकारी दिँदै नगर प्रमुख सिंहले रात्रि बजार लाग्ने तीन दिनका लागि नाका खुला राख्न नेपाल र भारतका सीमावर्ती सुरक्षा निकायसँग महानगरले सहमति गरे अनुसार सो निर्णय भएको हो।

उनका अनुसार वीरगन्जलाई दीर्घकालीन रूपमा रात्रि बजार सञ्चालन गर्न सकिन्छ कि सकिन्न ? भन्ने बारेमा रात्रिकालीन बजारले मार्गचित्र दिनेछ ।

प्रकाशित: २८ चैत २०७९ ८:१३ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast