सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई

हिमाल प्रेस २८ चैत २०७९ ७:५७ | Tuesday, April 11, 2023
सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई

मोरङ- सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन्।

मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६ खेलाडीलाई पछि पार्दै नेपाली उपाधि जित्न सफल भएका हुन् । उपाधिसहित उनले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

फ्रेन्डसीप चेस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा काभ्रेपलाञ्चोकका खोमप्रसाद तिम्सिना दोस्रो र झापाका प्रकाशचन्द्र नेपाल तेस्रो भए । तिम्सिनाले ३५ हजार र नेपालले २५ हजार पुरस्कार प्राप्त गरे।

चौथो भएका पुकार राईले २० हजार र पाँचौँ हुने नवीन तुण्डकारले १५ हजार पुरस्कार प्राप्त गरे। पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोलगायतले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा सहभागी ३२ विधातर्फका खेलाडीलाई पुरस्कृत गरिएको थियो।

पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा चार दिनसम्म सञ्चालित उक्त प्रतियोगितामा देशभरिका खेलाडी सहभागी थिए।

प्रकाशित: २८ चैत २०७९ ७:५७ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast