‘सुकुमबासी बस्तीमा डोजर चलाएर सत्ता उन्माद प्रदर्शन गरियो’

हिमाल प्रेस १३ मंसिर २०७९ १६:१४ | Tuesday, November 29, 2022
‘सुकुमबासी बस्तीमा डोजर चलाएर सत्ता उन्माद प्रदर्शन गरियो’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुमबासी बस्तीमा डोजर चलाइनु गलत भएको भन्दै आपत्ति जनाएका छन्। मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर सत्ताको उन्मात प्रदर्शन गरिएको आरोप लगाएका हुन्।

उनले काठमाडौँ मेयर बालेन शाह र नेपाल सरकारप्रति व्यंग्य गर्दै भने, ‘फुसका छाप्रा भत्काउन डोजर प्रयोग गरिएको छ। पक्की भवन भत्काउन हो र? त्यहाँ अशक्त होलान्, बालबच्चा होलान्। सुकुम्बासी हाम्रा शत्रु होइनन्। डोजर लगाएर त्यहाँ सत्ताको उन्माद देखाइयो।’

सोमबार अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर डोजर चलाउन लागेको थियो। तर स्थानीयहरू प्रतिकारमा उत्रिएपछि झडप भएको थियो। सुकुमबासीहरू आज पनि आन्दोलित छन्।

प्रकाशित: १३ मंसिर २०७९ १६:१४ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast