महोत्तरीमा अस्पतालको शौचालय फोरेर एक थुनुवा फरार

हिमाल प्रेस २४ चैत २०७९ १६:१८ | Friday, April 7, 2023
महोत्तरीमा अस्पतालको शौचालय फोरेर एक थुनुवा फरार सांकेतिक तस्बिर

जनकपुरधाम- महोत्तरी प्रहरी नियन्त्रणमा रहेको एक जना थुनुवा फरार भएका छन्। कर्तव्य ज्यान मुद्दाका आरोपी कृष्णा यादव महोत्तरी प्रहरीको नियन्त्रणबाट भागेका हुन्।

आरोपी यादवको खुट्टामा समस्या देखिएपछि उपचारका लागि जनकपुरधामस्थित आर्या हस्पिटलमा ल्याइएको थियो।

उपचारका लागि ल्याइएका यादव अस्पतालको शौचालय फोरेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए।

प्रकाशित: २४ चैत २०७९ १६:१८ | Friday, April 7, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast