सिन्धुपाल्चोक याङ्ग्री लार्केका बाढी प्रभावितलाई जग्गा दिइने

हिमाल प्रेस २४ चैत २०७९ ८:५२
4
SHARES
सिन्धुपाल्चोक याङ्ग्री लार्केका बाढी प्रभावितलाई जग्गा दिइने प्रतीकात्मक तस्बिर।

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ। उनीहरूको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीले अत्यधिक क्षति पुर्‍याएको थियो। बाढीबाट प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। बाढीबाट एक सय ७९ परिवार प्रभावित भएका थिए।

‘यीमध्ये १३ परिवारको घर पुनःनिर्माण तथा बाँकीलाई पुनःस्थापना गर्नुपर्ने अवस्था छ,’ उनले भने। हालसम्म २२ परिवारका लागि जग्गा खरिद गरिएको छ।

पाँच परिवारले घर निर्माण सम्पन्न गर्दैछन्। प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलका अनुसार बाढीबाट प्रभावितका लागि आवास निर्माण गर्न प्रति परिवार पाँच लाख तथा जग्गा नहुनेलाई थप तीन लाख रूपैयाँ दिइनेछ।

‘यसमा गाउँपालिकाले १० र नगरपालिकाले १५ प्रतिशत साझेदारी गर्नुपर्ने छ,’ उनले भने। २०७८ असार १ गतेयता आएको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी ५५१ घर बगाएको थियो।

प्रकाशित: २४ चैत २०७९ ८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast