मिटरब्याजपीडितहरूसँग वार्ता गर्दै सरकार

हिमाल प्रेस १६ चैत २०७९ ७:४१ | Thursday, March 30, 2023
मिटरब्याजपीडितहरूसँग वार्ता गर्दै सरकार फाइल तस्बिर।

काठमाडौँ- सरकारले मिटरब्याजपीडितहरूसँग आज वार्ता गर्ने भएको छ।

गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माले मिटरब्याज पीडितहरुलाई बिहान १० बजे सिंहदरबारमा बोलाइएको बताइन्। चैत ५ गते सर्लाहीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौँ आएका पीडितहरुले बुधबार दिनभर वार्ताको तयारी गर्दै बिताए।

मिटरब्याज पीडित अधिकांशमा स्वास्थ्य समस्या देखिएको छ। आफूहरुका समस्या समाधानका लागि सरकार खोज्दै आएका पीडितहरु माग पूरा नभएसम्म घर नफर्कने अडानमा छन्।

यस्तै मिटरब्याजबाट पीडितहरुको समस्याबारे संसद्‌मा आवाज उठेको छ । सांसदहरुले मिटरब्याजी पीडितको मुद्दा सम्बोधन गर्न सरकारले आलटाल गरेको आरोप लगाएका छन्।

प्रकाशित: १६ चैत २०७९ ७:४१ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast