बेवारिसे भेटियो चामल र युरिया मल

हिमाल प्रेस १४ चैत २०७९ २०:२० | Tuesday, March 28, 2023
बेवारिसे भेटियो चामल र युरिया मल फाइल तस्बिर।

कपिलवस्तु- कपिलवस्तुको यशोधरा गाउँपालिका- ७ नुनुवामा चामल र युरिया मल बेवारिसे अवस्थामा भेटिएको छ। मंगलबार सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा भेटिएको ५२ क्विन्टल चामल र साढे ३ क्विन्टल युरिया मल बरामद गरेको हो।

भारतबाट अवैध रूपले नेपाल ल्याएर बेवारिसे अवस्थामा राखेको भेटिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। बरामद गरिएको चामल तथा मल सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीषक शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: १४ चैत २०७९ २०:२० | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast