काठमाडौँ- ११ दिन पैदल हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याजी पीडितले आजबाट धर्ना दिने भएका छन्। उनीहरूले आजदेखि माइतीघर मण्डलामा धर्ना थाल्ने भएका हुन्।
चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका उनीहरू चन्द्रनिगाहपुर, हेटौँडा, भीमफेदी र चन्द्रागिरि हुँदै ११औँ दिनमा काठमाडौँ पुगेका हुन्। उनीहरूको समूहमा ७२ जना पीडित छन्। आफूहरूका माग पूरा नभएसम्म नफर्किने उनीहरूको तयारी छ।
यसअघि गत जेठ र साउनमा मिटरब्याज पीडितले लगतार आन्दोलन गरेपछि तत्कालीन शेरबहादुर देउवा सरकारले कार्यदल नै बनाएर छानबिन गरेको थियो।
प्रकाशित: १३ चैत २०७९ ८:०१
प्रतिक्रिया