मिडास टेक्नोलोजीजसँगको सहकार्यमा धुलिखेल अस्पतालको मोबाइल एप सञ्‍चालनमा

हिमाल प्रेस ७ चैत २०७९ १८:१८ | Tuesday, March 21, 2023
मिडास टेक्नोलोजीजसँगको सहकार्यमा धुलिखेल अस्पतालको मोबाइल एप सञ्‍चालनमा

काठमाडौँ- मिडास टेक्नोलोजीजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सञ्‍चालनमा ल्याएको छ। बिरामीले अस्पतालको अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सजिलो होस् भन्ने उद्देश्यले अस्पतालले एप सञ्चालनमा ल्याएको हो।

अस्पतालका अनुसार सोही एपबाट बिरामीको प्रयोगशाला रिपोर्टहरू पनि पाउन सकिनेछ। सोबाट बिरामीलाई अस्पतालसम्म आइपुग्ने बाध्यता र लामो लाइनमा उभिने झन्झट हट्ने अपेक्षा अस्पतालले गरेको छ।

त्यस्तै स्वास्थ्य बीमा बोर्डद्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रूपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमाबारे जानकारी पाउन पनि सजिलो हुने अस्पतालले बताएको छ।

मिडास टेक्नोलोजीज, आइएमई समूह अन्तर्गतको कम्पनी हो। मिडासले निर्माण गरेको सूचना प्रविधिमा आधारित स्वास्थ्य सेवा सूचना प्रणाली १७० भन्दा बढी अस्पतालले प्रयोग गर्दै आएको मिडास कम्पनीले जानकारी दिएको छ।

सूचनाप्रविधिको प्रयोग बढाएर स्वास्थ्य सेवाको आधुनिकीकरण तथा सुधार गर्न ‘मिडास टेक्नोलोजीज’ अस्पतालका लागि भरपर्दो साझेदार बनेको कम्पनीको भनाइ छ।

प्रकाशित: ७ चैत २०७९ १८:१८ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast