सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन चैत २१ गते हुने

हिमाल प्रेस ७ चैत २०७९ ७:५९ | Tuesday, March 21, 2023
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन चैत २१ गते हुने

महेन्द्रनगर- महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही चैत २१ गते हुने भएको छ।

यसअघि चैत ८ गते निर्वाचन तोकिए पनि विद्यार्थी स‌गठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो। सोमबार विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठनबीच आगामी चैत २१ गते निर्वाचन गर्ने सहमति भएको निर्वाचन अधिकृत तोरण भट्टले जानकारी दिए।

‘निर्वाचनका लागि दर्ता भएका सबै विद्यार्थी संगठनबीच भएको छलफलमा २१ गते निर्वाचन गर्ने सहमति भएको छ’, उनले भने, ‘विद्यार्थी भर्ना हुने समय दिएर निर्वाचन गर्ने सहमति भएको छ।’ ​भट्टकाअनुसार चैत ११ सम्म भर्ना भएका विद्यार्थीले मताधिकार प्रयोग गर्ने पाउनेछन्।

सुदूरपश्चिम विश्वविद्यालयका १० आंगिक क्याम्पसमा चैत ८ मा निर्वाचन हुँदैछ। ​पाँच आंगिक क्याम्पसमा अझै विवादका कारण निर्वाचन अनिश्चित बनेको छ।

विश्वविद्यालयमा केन्द्रीय र आंगिक गरी १६ क्याम्पस छन्।

प्रकाशित: ७ चैत २०७९ ७:५९ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast