किसानलाई जैविक मल बनाउने तालिम

हिमाल प्रेस ४ चैत २०७९ ७:२१ | Saturday, March 18, 2023
किसानलाई जैविक मल बनाउने तालिम

गोरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका किसानलाई प्रांगरिक तथा जैविक मल बनाउने तालिम दिएको छ । गाउँपालिकाले वडा नम्बर ६ स्थित डाँडाथोकमा किसानलाई जैविक मल बनाउने तालिम दिएको गाउँपालिका कृषि शाखाका प्रमुख रोजिना मग्रातीले जानकारी दिइन्।

‘सहकारी संस्थामा आबद्ध रहेका ४० जना किसानलाई प्रांगरिक तथा जैविक मल बनाउने सिकाइएको हो’, उनले भनिन्, ‘रासायनिक मलको अत्यधिक प्रयोग माटो बिग्रने भएकाले किसानलाई प्रांगरिक तथा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्नका लागि पनि तालिम प्रभावकारी भएको छ।’

प्रांगरिक तथा जैविक मलको प्रयोगबाट उत्पादन हुने खाद्य वस्तुले मानिसको स्वास्थ्यमा समेत हानी नपुग्ने भएकाले गाउँपालिकाभित्रका किसानलाई प्रांगरिक तथा जैविक मलको प्रयोगमा जोड दिँदै आएको मग्रातीले बताइन्। गाउँपालिकाले ‘रासायनिक मललाई नियन्त्रण गरौ, जैविक र प्रांगरिक मलको प्रयोग गरौँ स्वास्थ्य बनौँ’, भन्ने नारासहित वडावडामा पुगेर किसानलाई तालिम दिँदै आएको हो।

चालु आर्थिक वर्षभित्रमा गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ किसानलाई प्रांगरिक तथा जैविक मल बनाउने तालिम प्रदान गरिसकेको उनले जानकारी दिइन्। सहभागीलाई सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराउने गरिएकाले किसानका लागि तालिम प्रभावकारी भएको मग्रातीको भनाइ छ।

प्रकाशित: ४ चैत २०७९ ७:२१ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast