सांकेतिक तस्बिर।
मोरङ- श्रीमती हत्या अभियोगमा मोरङका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बेलबारी नगरपालिका–१ नक्सालबारी बस्ने ५७ वर्षीय हेमकर्ण महतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। श्रीमती देवी महतको हत्या गरी फरार रहेका उनलाई बिहीबार दिउँसो नजिकैको स्थानबाट पक्राउ गरिएको हो।
घरायसी वादविवादको कारण कर्णले श्रीमतीलाई फागुन २५ गते दिउँसो धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीगरीले पक्राउ जनाएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ३ चैत २०७९ ११:२२ | Friday, March 17, 2023
प्रतिक्रिया



