काठमाडौँ- मोरङमा ठूलो मात्रामा लागूऔषध बरामद गरिएको छ।
रतुवामाई नगरपालिका–१०, सोमबारेस्थितमा इलाका प्रहरी कार्यालय सिजुवा, मोरङ र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म बङ्गडा चुनिबारीबाट खटिएको संयुक्त टोलीले उर्लाबारी–आमबारी सडकखण्डमा उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रकमा लागूऔषध गाँजा फेला पारेको हो।
नेपाल प्रहरीको समाचार शाखाका अनुसार उक्त मिनी ट्रक रोकी चेकजाँच गर्दा ट्रकको पछाडि धानको भुसाको बोरामुनि कालो प्लास्टिकमा प्याक गरिएको ३१ पोकामा १ हजार ३३ किलो ४८४ ग्राम लागूऔषध तयारी गाँजा फेला परेको हो। गाँजासहित मिनी ट्रक र ट्रक चालक धनकुटाको पाख्रीबास नगरपालिका–९, हिले बस्ने २८ वर्षीय उमेश तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ।
प्रकाशित: १६ साउन २०८३ ७:३० | Saturday, August 1, 2026
प्रतिक्रिया


