बेपत्ता ४ वर्षीया बालिकाको शव फेला

हिमाल प्रेस ९ साउन २०८३ ११:१२ | Saturday, July 25, 2026
12
SHARES
बेपत्ता ४ वर्षीया बालिकाको शव फेला प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- मोरङको सुनवर्षी नगरपालिकामा शुक्रबार दिउँसोबाट बेपत्ता भएकी चार वर्षीया बालिका कायानत खातुनको शव फेला परेको छ।

सुनवर्षी नगरपालिका– ९ डाइनियाकी उनको शव बेपत्ता भएको करिब ४ घण्टापछि घरबाट करिब २ सय मिटर पूर्वतर्फ भेटिएको हो। बालिकाको शरिरमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

उनकाअनुसार बालिकाको निधार र टाउकोमा चोट छ। उनको शवलाई पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

प्रकाशित: ९ साउन २०८३ ११:१२ | Saturday, July 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast