मोरङमा डिजेको प्रयोगमा रोक

हिमाल प्रेस १२ साउन २०८३ १२:४४ | Tuesday, July 28, 2026
8
SHARES
मोरङमा डिजेको प्रयोगमा रोक

विराटनगर- जिल्ला प्रशासन कार्यालय, मोरङले जिल्लाभित्र मेला, महोत्सव, विवाह तथा विभिन्न सामाजिक, धार्मिक र सांस्कृतिक कार्यक्रमहरूमा डिजे प्रयोग गर्न रोक लगाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायतका कार्यक्रम तथा अन्य कुनै पनि स्थानमा अर्को सूचना जारी नभएसम्म डिजे प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।

प्रशासनले सूचनाको अवज्ञा गर्दै डिजे प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

जिल्लामा शान्ति सुरक्षा कायम राख्ने तथा ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको प्रशासनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय, मोरङले सबै नागरिक, आयोजक तथा सरोकारवालालाई सूचनाको पूर्ण पालना गर्न अनुरोध गरेको छ।

प्रकाशित: १२ साउन २०८३ १२:४४ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast