फिल्म निर्देशक प्रताप सुब्बाको निधन

हिमाल प्रेस २ चैत २०७९ १७:०० | Thursday, March 16, 2023
फिल्म निर्देशक प्रताप सुब्बाको निधन

काठमाडौं– फिल्म निर्देशक प्रताप सुब्बाको निधन भएको छ। दार्जिलिङमा बस्दै आएका निर्देशक सुब्बाको अस्पतालमा उपचारको क्रममा बिहीबार (आज) बिहान ७६ वर्षको उमेरमा निधन भएको हो।

उनले दार्जिलिङबाट कथाकार गुरुप्रसाद मैनालीको कथामा नेपाली फिल्म ‘परालको आगो’को निर्देशन गरेका थिए।

नेपालबाहिर बनेको पहिलो मौलिक सिनेमा थियो ‘परालको आगो’। सुब्बाले दार्जिलिङबाट नै ‘बाँच्ने चाहने’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’, ‘भीष्म प्रतिज्ञा’जस्ता सिनेमाको निर्देशन गरेका थिए।

दार्जिलिङमा सन् १९४७ मा जन्मिएका सुब्बाले सिने जगतमा फिचर फिल्म, वृतचित्र, भिडियो फिल्म, टेलिफिल्म र नाटकजस्ता दर्जनौँ फिल्म निर्माण तथा निर्देशन गरेका छन्।

प्रकाशित: २ चैत २०७९ १७:०० | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast