कराते प्रतियोगिता सम्पन्न

हिमाल प्रेस २ चैत २०७९ ८:०३ | Thursday, March 16, 2023
2
SHARE
कराते प्रतियोगिता सम्पन्न

काठमाडौँ- नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा ललितपुर मंगलबजारमा तेस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता २०७९ सम्पन्न भएको छ।

उमेर समूहको कराते प्रतियोगितामा महिला र पुरुष गरी छ विधामा विभाजित गरेर आयोजना गरिएको थियो।

समूहगत प्रतियोगिताको महिलातर्फको ३५–४० किलो समूहमा साहारा वाईबा पहिलो भएकी छन्। दोस्रोमा दिक्षा महरा र तेस्रोमा अस्मिता श्रेष्ठ रहेका छन्।
४५–५०किलो तौल महिला समूहमा रिना माझी पहिलो भएकी छन्।

दोस्रोमा रेश्मा थापा र तेस्रोमा आयुषा बल रहेका छन्। ५०–५५ किलो तौल समूहमा अनिसा तामाङ पहिलो, जानकी कपाली दोस्रो र तेस्रोमा रमा श्रेष्ठ रहेका छन्।
३५–४० किलो तौल पुरुष समूहमा मिलन सहकारी पहिलो, आशिष घिमिरे दोस्रो र तेस्रोमा अंकितकुमार ठाकुर भएका छन्।

पुरुषतर्फ नै ५०–५५ किलो समूहमा विजया राई पहिलो, मनिष गोपाली दोस्रो र रोहित थापा तेस्रो रहेका छन्।
५५–६० किलो तौल पुरुष समूहमा महेन्द्र गजमेर पहिलो सुशान तामाङ दोस्रो र सन्जेश तामाङ तेस्रो भएका छन्।

ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यता र नेपाल बालकुमारी क्योकुशिन कराते संघका अध्यक्ष श्याम महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मन्जरी बज्राचार्य शाक्य, गोदावरी नगरपालिका प्रमुख गजिन्द्र महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण महर्जनलगायतको उपस्थिति थियो।

 

प्रकाशित: २ चैत २०७९ ८:०३ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast