चलचित्र विकास बोर्डले लेखन र निर्देशनसम्बन्धी कार्यशाला गर्ने

हिमाल प्रेस १ चैत २०७९ १८:२१ | Wednesday, March 15, 2023
चलचित्र विकास बोर्डले लेखन र निर्देशनसम्बन्धी कार्यशाला गर्ने

काठमाडौँ- चलचित्र विकास बोर्डले चलचित्रको पटकथा लेखन र निर्देशन विषयमा तीनदिने कार्यशाला गर्ने भएको छ।
बोर्डले आगामी चैत ३ देखि ५ गतेसम्म कार्यशाला गर्न लागेको हो।

बोर्डका अध्यक्ष भुवन केसीले हस्ताक्षर गरेको सूचनामा नेपाली चलचित्रकर्मीलाई लेखन तथा निर्देशनमा दक्षता अभिवृद्वि गर्ने उद्देश्यले कार्यशाला गर्न लागिएको उललेख छ।

कार्यशाला बोर्डको हलमा बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म हुनेछ। इच्छुकले बोर्डको वेबसाइट तथा सामाजिक सञ्जालमा रहेको फारम निःशुल्क भरी सहभागी हुन सक्नेछन्।

कार्यशालामा भारतीय फिल्म मेकर तथा पूर्व एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया)का एसोसिएट प्रोफेसर अनुपम बर्वेको उपस्थिति हुने बोर्डले जानकारी दिएको छ।

प्रकाशित: १ चैत २०७९ १८:२१ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast