ओलीको आरोप : हत्या गरेको कुरा गर्दा मानव अधिकार आयोगलाई धम्क्याउँछन्

हिमाल प्रेस ३० फागुन २०७९ १४:११ | Tuesday, March 14, 2023
ओलीको आरोप : हत्या गरेको कुरा गर्दा मानव अधिकार आयोगलाई धम्क्याउँछन् फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीतिक भइरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

उनले माओवादी केन्द्रतर्फ इंगित गर्दै हत्या गरेको अभियोग लगाउँदा आयोगमाथि नै धम्की दिएको बताए। मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बुद्ध जन्मेका देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान नहुने समेत बताएका छन्।

अध्यक्ष ओलीले संयुक्त राष्ट्र संघले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्वीकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको बताए।

उनले भने, ‘मृत्यदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन। त्यसकारण हामी स्थायी रुपमा, हामी नेपालीहरू, बुद्ध जन्मेका देशका बासिन्दाहरू, यहाँका नागरिकहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो।’

उनले भने,‘कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन। तर कतिवटा देशहरुले त मृत्युदण्ड दिएको दिएनै छ।’

प्रकाशित: ३० फागुन २०७९ १४:११ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast