विद्यार्थीलाई सहयोग

हिमाल प्रेस २६ फागुन २०७९ ८:५८ | Friday, March 10, 2023

काभ्रे- प्रसिद्ध सांगितिक समूह कुटुम्ब र इन्टरनेसनल साउन्ड सर्भिसले काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका ३ स्थित वेथानचोक नारायण आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग प्रदान गरेका छन्।

विद्यालयका ११७ विद्यार्थीलाई स्कुल ब्याग तथा स्टेशनरी सामानहरु प्रदान गरेका हुन्। वडा अध्यक्ष कुबेर ढकालको प्रमुख आतिथ्यतामा कुटुम्ब ब्यान्डको तर्फबाट तबालाबादक पबित महर्जन र इन्टरनेसनल साउन्ड सर्भिसका तर्फबाट सुरेश शाक्यले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक सिताराम लामालाई सामान हस्तान्तरण गरिएको हो।

कुटुम्बको स्कुल टु स्कुल कार्यक्रम अन्तर्गत यी सहयोग सामग्रीहरू प्रदान गरिएको ब्यान्डका पबित महर्जनले बताए। त्यसैगरी आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई अध्ययन सामग्रीहरु प्रदान गरिएको इन्टरनेसनल साउन्ड सर्भिसका सुरेश शाक्यले बताए।

विद्यालयका प्रधानाध्यापक सिताराम लामाले विद्यार्थीको पठनपाठन सहज बनाउन सहयोगले विद्यार्थीलाई होसला मिलेको बताए। सहयोगप्रति उनले धन्यवाद व्यक्त गरे।

प्रकाशित: २६ फागुन २०७९ ८:५८ | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast